पाकिस्तान ए विरुद्ध नेपालका लागि पवनले लिए दोस्रो विकेट

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौँ | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तान ए को दोस्रो विकेट लिएको छ । दोस्रो विकेट पनि नेपाली बलर पवन सर्राफले नै लिएका हुन् ।

उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान सइम अयुबलाई २४ रनकमा सन्दीप जोराद्वारा क्याच गराएका हुन् । यसअघि पनि पवन सर्राफले अर्को ओपनर ब्याट्सम्यान हसिबुल्लाहलाई १२ रन क्याच आउट गराएका थिए |

नेपालले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभरमा दुई विकेट गुमाएर ६४ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!