२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एकै खेलमा ७ विकेट लिएर मलेसियाका स्याज्रुल इद्रुसले बनाए विश्व कीर्तिमान

२०८०, १० श्रावण बुधबार ०७:०९

एजेन्सी | मलेसियाका स्याज्रुल इद्रुसले टी-२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । उनले एकै खेलमा ७ विकेट लिएर नयाँ कीर्तिमान बनाएका हुन् ।

आईसीसी टी-२० विश्वकप एसिया रिजनल क्वालिफायर बी को खेलमा बुधबार चीन विरुद्ध इद्रुसले ७ विकेट लिँदै कीर्तिमान बनाए । बायुमास ओभलमा भएको खेलमा मलेसियालाई चीनलाई ८ विकेटले पराजित गर्दा इद्रुसले ८ रन मात्र खर्चेर एक्लै ७ विकेट लिए ।

खेलमा पहिले ब्याटिङ गरेको चीन इद्रुसको घातक बलिङ सामु टिक्न नसक्दा ११.२ ओभरमा २३ रनमै अलआउट भएको थियो ।

चीनका ६ खेलाडीले खाता खोल्न सकेनन् भने ओपनर वेइ गोलेईले बनाएको ७ रन नै व्यक्तिगत उच्च रह्यो ।

इद्रुसले ४ ओभरमा १ मेडन राख्दै ८ रन मात्र खर्चेर ८ विकेट लिए । यसअघि १२ बलरले टी २० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिएपछि ७ विकेट कसैले लिन सकेका थिएनन् ।

मलेसियाले २४ रनको लक्ष्य ४.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । ओपनरद्वय सायद अजिज मुबारक र मुहम्मद अमिर अजिम खाता नखोली आउट हुँदा विरनदिप सिंहले अविजित १९ रन बनाए । शाभरिन सुरेन्द्रन ४ रनमा अविजित रहे ।

चीनका लागि तियान सेन्कुन र वाङ किले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित