२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा तीन नयाँ खेलाडी थपिए

२०८०, १२ श्रावण शुक्रबार १०:३६

साउन १२, काठमाडौँ | विश्वकप प्रारम्भिक छनोटको तयारीमा रहेको पुरुष फुटबल टिममा तीन नयाँ खेलाडी थपिएका छन् ।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मछिन्द्र र आर्मी टिमका खेलाडी क्लबको प्रतियोगिताको तयारीमा रहेका कारण तीन नयाँ खेलाडी थपेका हुन् ।

प्रशिक्षक एनेसले फ्रेन्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाल र जावलाखेल युथ क्लबका हिसुब थपलियालाई प्रशिक्षणमा सामेल गराएका हुन् । उनीहरुसहित टिममा ३३ जना खेलाडी भएका छन् ।

एन्फाका अनुसार दुई क्लबका खेलाडीहरु क्लबको प्रतियोगिता सकेर पुन राष्ट्रिय टिममा सामेल हुनेछन् ।

फिफा विश्वकप छनोटको प्रारम्भिक छनोटमा नेपालले लाओससँग खेल्नेछ । होम एण्ड अवेको अवधारणा अनुसार छनोटको पहिलो लेग अक्टोबर १२ मा नेपालमा र १७ अक्टोबरमा लाओसमा खेलिनेछ ।

लाओससँगको खेल जितेमा नेपाल यूएई, बहराइन, यमन वा श्रीलंका सम्मिलित समूह एचमा रहने छ । यो समूहको खेल पनि होम एण्ड अवे प्रणालीमै हुने छ ।

नेपाली टिम

गोलकिपर : किरण कुमार लिम्बु, अनिस देउला, दिप कार्की, अभिषेक बराल

डिफेन्डर : विमल पाण्डे, अनन्त तामाङ, सनिस श्रेष्ठ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमन्त थापा, एन्जल महर्जन, छिरिङ लामा, अन्जन राई

मिडफिल्डर : एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राइ, विशाल तामाङ, विवेक पौडेल, कृृतिस रत्न छुन्जु, कुशल फुयाल, सन्तोष खत्री

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित