५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पपुवा न्यु गिनी टी-२० विश्वकपमा छनोट

१२ श्रावण २०८०, शुक्रबार ११:४२

साउन १२, काठमाडौँ | पपुवा न्यु गिनी (पीएनजी) अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ ।

इस्ट एसिया प्यासिफिक रिजनको अन्तिम चरणको छनोट अन्तर्गत शुक्रबार फिलिपिन्सलाई १०० रनले पराजित पीएनजीले टी-२० विश्वकपमा स्थान पक्का गरेको छ ।

घरेलु मैदान अमिनी पार्का भएको खेलमा पहिले ब्याटिङ गरेको पीएनजीले टोनी उरा, असद भाला र चार्ल्स अमिनीको अर्धशतकमा ६ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

उराले सर्वाधिक ६१ रन बनाउँदा भालाले ५९ र अमिनीले ५३ रन बनाए ।

२३० रनको लक्ष्य पछ्याएको फिलिपिन्स २० ओभरमा ७ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

तीन टोली सम्मिलित इस्ट एसिया प्यासिफिक छनोटमा ५ खेलबाट १० अंक जोडेर पीएनजी शीर्ष स्थानमा छ । सहभागी टिमले हरेक टिमसँग दुई खेल खेल्नेछ । दोस्रो स्थानको जापानको ५ खेलबाट ६ अंक छ । पीएनजीले अब अन्तिम खेल जापानसँग खेल्न बाँकी छ ।

पीएनजीले अन्तिम खेल हारे पनि विजेता बन्ने पक्का भइसकेकोले एक खेल अगावै विश्वकपमा छनोट भएको हो ।

२०२४ मा हुने टी-२० विश्वकपमा कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा सहभागी टोलीलाई ५ टिम रहेको चार समूहमा विभाजन गरिनेछ ।

वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सिधै छनोट हुँदा गत वर्षको टी-२० विश्वकपमा उत्कृष्ट ८ मा रहेका इंग्ल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्ड्स पनि सिधै छनोट भएका छन् ।

यस्तै २०२२ नोभेम्बरको टी-२० वरीयतामा माथि रहेका अफगानिस्तान र बंगलादेश पनि सिधै छनोट भइसकेका छन् ।

बाँकी ८ स्थानका लागि टी-२० विश्वकपमा युरोप, एसिया र अफ्रिकाबाट २-२ तथा अमेरिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट १-१ टिम छनोट हुने प्रावधान छ ।

एसिया क्षेत्रको अन्तिम चरणको छनोट आगामी नोभेम्बर पहिलो साता नेपालमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता