५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिस गेलको टोलीविरुद्ध खेल्दै सन्दीप

१२ श्रावण २०८०, शुक्रबार १२:४०

एजेन्सी | नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि २० क्यानडामा आज राती सर्रे जागुअर्सबाट मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ । खेल आज मध्य राती १ : १५ मा मा सुरु हुनेछ ।

प्यान्थर्सको कप्तानी शोएब मलिक र जागुअर्सको इफ्तिखर अहमदले गर्नेछन् । नेपाली स्पिनर सन्दीप राम्रो लयमा छन् । सन्दीपले ३ खेलमा ४ विकेट लिएका छन् । सर्रे ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । प्यान्थर्स सुरुवाती चारै खेलमा पराजित भएको छ ।


मिसिसौगा प्यान्थर्समा शोएब मलिब, आजम खान, क्रिस गेल र जेम्श निसम जस्ता खेलाडी छन् । गेलले यस सिजनमा १०, ६१, १ र ४ रन बनाएका छन् । उनीबाट टोली उत्कृष्ट प्रदर्शन चाहन्छ । उता सन्दीपको टोलीमा इफ्तिखर अहमद, बेन कटिङ, एलेक्स हेल्स, लिटन दास र मोहम्मद हरिस जस्ता ब्याटर छन् ।

उता दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले टोरान्टो नेशनलसँग शनिबार साँझ प्रतिस्पर्धा गर्नेछ । टाइगर्स ४ खेलमा ३ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । दीपेन्द्रले तीन खेलमा २८, २२ र २८ रन बनाउनुको साथै एक विकेट लिएका छन् ।

दीपेन्द्रले सर्रे र ब्राम्पटन वल्भसविरुद्ध टोलीकै सर्वाधिक समान २८ रन बनाएका थिए । ब्राम्पटन ४ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता