५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला विश्वकप: मोरक्कोसँग हार्‍यो दक्षिण कोरिया

१४ श्रावण २०८०, आईतवार ०६:५६

एजेन्सी | एसियाली राष्ट्र दक्षिण कोरिया नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिने सम्भावना बढेको छ । समूह ‘एच’ अन्तर्गतको आइतबार खेलिएको खेलमा मोरक्कोले दक्षिण कोरियामाथि १- ० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो । 

यसअघि पहिलो खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २- ० गोलले हराएको थियो । दक्षिण कोरियाले समूहगत चरणको तेस्रो तथा अन्तिम खेल अगस्त ३ तारिखमा बलियो जर्मनीसँग खेल्नेछ । समूहमा एक खेल खेलेको जर्मनी तीन अंकसहित पहिलो र समान खेल खेलेको कोलम्बिया पनि तीन अंकसहित दोस्रो स्थानमा छन् । 

दुई खेलबाट तीन अंक बटुलेको मोरक्को भने तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दुई खेल सकेको दक्षिण कोरिया अंकविहीन छ । तर, उक्त समूहबाट नकआउट चरणमा पुग्ने टोलीहरुको भने अझै टुङ्गो लागेको छैन । हालसम्म समूह ‘जी’ बाट स्विडेन तथा समूह  ‘सी’ बाट स्पेन र जापान प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् ।  

दक्षिण कोरियाविरुद्घको प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले प्रारम्भमै गोल गरेको थियो । खेल सुरु भएको छैटौं मिनेटमा मोरक्कोका लागि इबतिसाम जराइदीले गोल गरेकी थिइन् । सोही गोल नै मोरक्कोलाई तीन अंक दिलाउन पर्याप्त भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता