२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत र पाकिस्तानसहित यी चार टोली एसियाड क्रिकेटको सिधै क्वार्टरफाइनल खेल्ने

२०८०, १४ श्रावण आईतवार ०७:३०

साउन १४, काठमाडौँ | चीनको हाङ्झोउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको क्रिकेटमा चार वटै टोलीले सिधै क्वार्टरफाइनल खेल्ने भएका छन् । आइसिसी टीट्वान्टी वरीयतामा माथिल्लो स्थानमा रहेका चार टोलीले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् । 

भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले सिधै क्वार्टरफाइनल खेल्ने समाचारमा जनाइएको छ । पुरुष र महिला दुबैतर्फ यो नियम लागू हुने बताइएको छ । सन् २०१४ पछि पहिलो पटक एसियाली खेलकुदमा क्रिकेट खेल समावेश गरिएको हो । 

प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ १४ टोलीले सहभागिता जनाउने छन् । नेपालले महिला र पुरुष दुवै प्रतिस्पर्धामा सहभागिता जनाउने छ । एसियाली खेलकुदमा महिला र पुरुष दुबैतर्फ टीट्वान्टी ढाँचामा खेलाइने छ । त्यसैले प्रतियोगिताले टीट्वान्टीको आधिकारिक मान्यता प्राप्त गर्नेछ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पुरुषतर्फ दोस्रो दर्जाको टोली पठाउने निर्णय गरेको छ । महिलातर्फ भने भारतले राष्ट्रिय टोलीलाई नै सहभागी गराउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल