५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत र पाकिस्तानसहित यी चार टोली एसियाड क्रिकेटको सिधै क्वार्टरफाइनल खेल्ने

१४ श्रावण २०८०, आईतवार ०७:३०

साउन १४, काठमाडौँ | चीनको हाङ्झोउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको क्रिकेटमा चार वटै टोलीले सिधै क्वार्टरफाइनल खेल्ने भएका छन् । आइसिसी टीट्वान्टी वरीयतामा माथिल्लो स्थानमा रहेका चार टोलीले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् । 

भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले सिधै क्वार्टरफाइनल खेल्ने समाचारमा जनाइएको छ । पुरुष र महिला दुबैतर्फ यो नियम लागू हुने बताइएको छ । सन् २०१४ पछि पहिलो पटक एसियाली खेलकुदमा क्रिकेट खेल समावेश गरिएको हो । 

प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ १४ टोलीले सहभागिता जनाउने छन् । नेपालले महिला र पुरुष दुवै प्रतिस्पर्धामा सहभागिता जनाउने छ । एसियाली खेलकुदमा महिला र पुरुष दुबैतर्फ टीट्वान्टी ढाँचामा खेलाइने छ । त्यसैले प्रतियोगिताले टीट्वान्टीको आधिकारिक मान्यता प्राप्त गर्नेछ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पुरुषतर्फ दोस्रो दर्जाको टोली पठाउने निर्णय गरेको छ । महिलातर्फ भने भारतले राष्ट्रिय टोलीलाई नै सहभागी गराउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता