२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एमबाप्पेको यात्रा इङ्लिस प्रिमियर लिग, भित्र्याउन लिभरपुल तयार !

२०८०, १४ श्रावण आईतवार ११:१३

साउन १४, लन्डन । इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल चर्चित स्ट्राइकर केलियन एमबाप्पेलाई भित्र्याउन इच्छुक देखिएको छ । साउदी अरबियन क्लब अल हिलालले गरेको विश्व कीर्तिमानी २५९ मिलियन पाउन्डको प्रस्ताव एमबाप्पेले अस्वीकार गरेपछि लिभरपुल अगाडि सरेको हो ।

लिभरपुलले एमबाप्पेलाई एक वर्षका लागि लोनमा भित्र्याउन छलफल अगाडि बढाएको मिरर डट को डट युकेले उल्लेख गरेको छ । एमबाप्पे र फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी)बीच एक वर्षे सम्झौता बाँकी रहेको छ । पीएसजी यसै वर्ष एमबाप्पेलाई बिदा गरेर आर्थिक आम्दानी गर्ने प्रयासमा छ ।

अल हिलालले गरेको प्रस्ताव पीएसजीले स्वीकार गरे पनि एमबाप्पे तयार देखिएनन् । २४ वर्षे स्ट्राइकर एमबाप्पे सशक्त टोलीमा पुगेर आफ्नो च्याम्पियन्स लिग, बेलोन डीअर, फिफा वर्ष खेलाडी अवार्ड जस्ता सपनाहरु पूरा गर्न चाहन्छन् । पीएसजीसँग लोनमा पठाएर आम्दानी गर्ने दोस्रो विकल्प रहेको छ ।

पहिलो विकल्प ट्रान्सफर शुल्क लिएर बिदा गर्ने हो । तर, एक वर्षमात्र बाँकी रहेकाले ठूला क्लबहरु फ्रि एजेन्टमार्फत एमबाप्पेलाई आबद्ध गर्न चाहन्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव