२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली बक्सर राईलाई स्कटल्यान्डमा उपाधि

२०८०, १४ श्रावण आईतवार ११:४७

साउन १४,  काठमाडौँ | नेपालका अनुभवी बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्यान्डमा आयोजित एक प्रोफेसनल बक्सिङ प्रतियोगिता जितेका छन् ।२० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्यान्डमा शनिबार भएको ‘रम्बल इन द जंगल’ प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टीकेओ) का आधारमा पराजित गरेका हुन् ।

२०० अमेचर म्याच खेलिसकेका अनुभवी बक्सर राईले उपाधि जित्नुलाई महत्त्वपूर्ण ‘उपलब्धि’ मानेका छन् । 'यसले नयाँ पुस्तामाझ अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि नेपाली फाइटरले खेल्न सक्छन् भन्ने सन्देश गएको छ,' उनले भने ।

उनी युनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्यान्ड) च्याम्पियन पनि बनेका छन् । १३ औं साफमा उनले तेस्रो पदक जितेका थिए ।

नेपालका अर्का खेलाडी जुनियर नेसनल च्याम्पियन आकाश डाँगी भने यूबीए, यूबीओ वर्ल्ड टाइटल म्याचमा एन्डी बेलसँग पराजित भएका छन् ।

नेपालबाटै आएका अर्का खेलाडी म्याक्स बस्नेतको खेल भने उनका प्रतिस्पर्धी बबी कार्टर घाइते भएकाले रद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक