५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली बक्सर राईलाई स्कटल्यान्डमा उपाधि

१४ श्रावण २०८०, आईतवार ११:४७

साउन १४,  काठमाडौँ | नेपालका अनुभवी बक्सर पुरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्यान्डमा आयोजित एक प्रोफेसनल बक्सिङ प्रतियोगिता जितेका छन् ।२० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्यान्डमा शनिबार भएको ‘रम्बल इन द जंगल’ प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टीकेओ) का आधारमा पराजित गरेका हुन् ।

२०० अमेचर म्याच खेलिसकेका अनुभवी बक्सर राईले उपाधि जित्नुलाई महत्त्वपूर्ण ‘उपलब्धि’ मानेका छन् । 'यसले नयाँ पुस्तामाझ अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि नेपाली फाइटरले खेल्न सक्छन् भन्ने सन्देश गएको छ,' उनले भने ।

उनी युनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्यान्ड) च्याम्पियन पनि बनेका छन् । १३ औं साफमा उनले तेस्रो पदक जितेका थिए ।

नेपालका अर्का खेलाडी जुनियर नेसनल च्याम्पियन आकाश डाँगी भने यूबीए, यूबीओ वर्ल्ड टाइटल म्याचमा एन्डी बेलसँग पराजित भएका छन् ।

नेपालबाटै आएका अर्का खेलाडी म्याक्स बस्नेतको खेल भने उनका प्रतिस्पर्धी बबी कार्टर घाइते भएकाले रद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता