२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

म्याराडोनाको जर्सीमा मेस्सीको पोज

२०८०, १५ श्रावण सोमबार ०७:२९

साउन १५, काठमाडौँ | अर्जेन्टिनी फुटबल सुपर स्टार लियोनल मेस्सीले आइतबार राती एउटा भिडियो र एउटा फोटो इन्स्टाग्रामको स्टोरीमा सेयर गरेका छन्।

डिएगो म्याराडोनाले सन् १९९४ को विश्वकपमा लगाएको जर्सीमा पोज दिएर खिचेको फोटो र भिडियो स्टोरीमा सेयर गरेको देखिन्छ। भिडियोमा उनले जर्सीको अगाडि र पछाडि दुवै भाग देखाएको देखिन्छ भने फोटोमा खाली खुट्टामा देखिन्छन्। उक्त पोजबारे मेस्सीले केही उल्लेख गरेका छन्।

सन् १९९४ को विश्वकपमा म्याराडोनाले लगाएको जर्सी हो वा त्यसको डुब्लिकेट भन्नेबारे केहीपनि खुलाइएको छैन। त्यस विश्वकपमा अर्जेन्टिना प्रिक्वाटर फाइनलबाटै बाहिरिएको थियो।

त्यसअघि अर्जेन्टिनाले सन् १९८६ र १९९० को दुवै विश्वकपमा फाइनल यात्रा तय गरेको थियो। एउटा अनुमान चाँही के गर्न सकिन्छ भने मेस्सी यतिबेला अमेरिकामा छन् र सन् १९९४ को विश्वकप पनि अमेरिकामै आयोजना भएको थियो। मेस्सीले गतवर्ष मात्र विश्वकप उपाधि जितेका थिए।

त्यसअघि अर्जेन्टिनाले अन्तिमपटक सन् १९८६ को विश्वकप जितेको थियो। त्यतिबेला म्याराडोनाको प्रदर्शन निणार्यक रहेको थियो। यसपटक, मेस्सीको निर्णायक प्रदर्शनमा अर्जेन्टिना ३६ वर्षपछि विश्व विजेता बनेको थियो। मेस्सी यतिबेला अमेरिकामा व्यावशायीक फुटबल खेलिरहेका छन्।

उनले इन्टर मियामीका लागि २ खेलमा ३ गोल र एक असिस्ट गरेका छन्। फ्रान्सको पेरिस सेन्ट जर्मन–पीएसजीबाट विदा भइरहँदा मेस्सी कहाँ जालान् भन्ने विभिन्न अनुमानहरु भएका थिए। तर उनले अप्रत्यासितरुपमा अमेरिकाको मेजर सकर लिग(एमएलएस रोजे। मेस्सीले व्यावसायीक फुटबल करियर अमेरिकामा टुंग्याउँछन् वा अन्त कँही भन्नेबारे पनि केही बताएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक