५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटबलप्रेमी नेम्वाङका कान्छा छोरा सुहाङ क्लब एनएसएलमा डेब्यू गर्दै

१७ आश्विन २०८०, बुधबार ०९:४९

असोज १७, काठमाडौँ | धेरैलाई थाहा छ, एमालेका दिवंगत नेता सुवास नेम्वाङ औधी फुटबलप्रेमी थिए । राजनीतिपछि उनको सबैभन्दा बढी रुचि र चासोको विषय फुटबल नै थियो । नेपाली फुटबलमा कुनै न कुनै तवरबाट योगदान पुर्याउन व्यग्र थिए नेम्वाङ । बुबाको यही भावनालाई बुझेर कान्छा छोरा सुहाङ अहिले नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) मा जोडिन पुगेका छन् ।

गत वर्षमात्रै उनले स्थापना गरेको क्लव ‘स्पोर्टिङ इलाम डी मेची’ ले एनसेलको दोस्रो संस्करणमा डेब्यू गर्दैछ ।


निकटस्थ स्रोतका अनुसार बुबाकै प्रेरणा र हौसलामा सुहाङ फुटबल क्लब स्थापनामा अघि बढेका थिए । उनले गत वर्ष भएको बिडिङमार्फत स्पोर्टिङ इलामको स्वामित्व प्राप्त गरेका हुन् । क्लबमा उनलाई दाइ र केही साथीभाइले साथ दिएका छन् ।

स्पोर्टिङ इलामले गत शनिबार भएको एनसीएलको अक्सनमा भाग लिँदै १८ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । तोकिएको न्यूनतम सीमा १८ लाख रहेकोमा क्लबले न्यूनतम रकममा टीम निर्माण गरेको हो । यस क्लबले मार्की खेलाडीका रुपमा विकेस कुथुलाई अनुबन्ध गरेको छ । टीममा बिराज महर्जन, भरत खवास, आशिष गुरुङ सौरभ लिम्बु, समित श्रेष्ठ, सन्तोष महत, बिमल पाण्डे लगायत खेलाडीहरुलाई खरिद गरेको छ ।

स्पोर्टिङ इलामले गत वर्ष पनि अक्सनमा भाग लिएको थियो । सुहाङ आफैं अक्सन कार्यक्रममा पुगेका थिए । तर विभिन्न कारणले गत वर्ष एनएसएल प्रतियोगिता हुन सकेन । यस वर्षको अक्सनमा भने सुहाङ अनुपस्थित भए । भर्खरै बुबाको देहान्त भएकाले उनी जान नसकेका हुन् ।

पेशाले कानून व्यवसायी हुन् सुहाङ । फुटबलमा उनको अभिरुचि पहिल्यैबाट थियो । ‘काठमाडौं स्कुल अफ ल’ मा पढ्दा उनी फुटबल टीमका कप्तान थिए । उनले सो कलेजका तर्फबाट थुप्रै फुटबल र फुटसल प्रतियोगिता खेलेका छन् । पछि दुई वर्षजति सोही कलेजमा फुटबल प्रशिक्षकसमेत बनेका थिए ।

निकटस्थका अनुसार आर्थिक मुनाफाभन्दा पनि नेपालको फुटबलमा केही योगदान दिने चेष्टासहित उनले लगानी गरेका हुन् । पिताको देहान्तपछि उनी अझै भावनात्मक रुपमा यसमा जोडिएका छन् । सुहाङ २०६३ सालदेखि नेकपा एमालेको सदस्य छन् । तर, पार्टीमा सक्रिय भूमिका लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता