२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकीर्तिमानी दीपेन्द्र भन्छन्- ६ वटा छक्का हानेपछि रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आयो

२०८०, १८ आश्विन बिहीबार ०७:०७

असोज १८, काठमाडौँ | चीनमा आयोजित एसियन गेम्समा सहभागी भएर नेपाली टिम आज स्वदेश फर्किएको छ । नेपालले पदक जित्न असफल भए पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुको अनुहारमा विजयी मुस्कान थियो ।

सबैभन्दा पहिले पत्रकारको घेरामा परे दीपेन्द्रसिंह ऐरी, जसले मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धसतक बनाएर दुर्लभ विश्वकिर्तिमान राखेका थिए । उनलाई पत्रकारले यही रेकर्डमा केन्द्रीत भएर प्रश्न गरे ।

दीपेन्द्रले आफू रेकर्ड बनाउने सोचेर क्रिजमा नगएको तर, खेल्दाखेल्दै बनेको भन्दै खुशी व्यक्त गरे ।


उनले भने, ‘विश्वकीर्तिमान भनेपछि खुशी त लागिहाल्छ । तर म रेकर्ड नै बनाउँछु भनेर गएको थिइनँ । ६ वटा छक्का भएपछि चाहीँ वल्र्ड रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आएको थियो ।’

आफ्नो किर्तिमानमा सिंगै टिमले खुशी मनाएको र बधाइ साटासाट गरेको उनले बताए । भारतसँगको खेलमा पनि उनले लगातार तीन छक्का हानेका थिए ।

त्यसलाई सम्झिँदै दीपेन्द्रले भने, ‘इन्डियासँग त रन कसरी चेज गर्ने भन्ने मात्रै थियो दिमागमा । त्यो ओभरमा कति रन निकाल्न सकिन्छ भन्ने क्याल्कुलेट गरिरहेका थियौं । ठूलो सट हान्नैपर्ने अवस्था थियो ।’

उनले क्यानाडामा आयोजित ग्लोबल टि–२० मा सहभागी हुँदा पनि आफूलाई धेरै सिक्ने मौका मिलेको बताए ।

नेपाली टिमका कप्तान रोहित पौडेलले सोचेजस्तो रिजल्ट नआएपछि सकारात्मक पक्ष धेरै भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामीले दुई–तीन एरियामा राम्रो गर्न सकिन्थ्यो । डेथ ओभर बलिङ र फिल्डिङमा अलिकति कमजोरी भयो । तर, समग्रमा खुशी छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते