५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकीर्तिमानी दीपेन्द्र भन्छन्- ६ वटा छक्का हानेपछि रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आयो

१८ आश्विन २०८०, बिहीबार ०७:०७

असोज १८, काठमाडौँ | चीनमा आयोजित एसियन गेम्समा सहभागी भएर नेपाली टिम आज स्वदेश फर्किएको छ । नेपालले पदक जित्न असफल भए पनि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुको अनुहारमा विजयी मुस्कान थियो ।

सबैभन्दा पहिले पत्रकारको घेरामा परे दीपेन्द्रसिंह ऐरी, जसले मंगोलियाविरुद्धको खेलमा ९ बलमा अर्धसतक बनाएर दुर्लभ विश्वकिर्तिमान राखेका थिए । उनलाई पत्रकारले यही रेकर्डमा केन्द्रीत भएर प्रश्न गरे ।

दीपेन्द्रले आफू रेकर्ड बनाउने सोचेर क्रिजमा नगएको तर, खेल्दाखेल्दै बनेको भन्दै खुशी व्यक्त गरे ।


उनले भने, ‘विश्वकीर्तिमान भनेपछि खुशी त लागिहाल्छ । तर म रेकर्ड नै बनाउँछु भनेर गएको थिइनँ । ६ वटा छक्का भएपछि चाहीँ वल्र्ड रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आएको थियो ।’

आफ्नो किर्तिमानमा सिंगै टिमले खुशी मनाएको र बधाइ साटासाट गरेको उनले बताए । भारतसँगको खेलमा पनि उनले लगातार तीन छक्का हानेका थिए ।

त्यसलाई सम्झिँदै दीपेन्द्रले भने, ‘इन्डियासँग त रन कसरी चेज गर्ने भन्ने मात्रै थियो दिमागमा । त्यो ओभरमा कति रन निकाल्न सकिन्छ भन्ने क्याल्कुलेट गरिरहेका थियौं । ठूलो सट हान्नैपर्ने अवस्था थियो ।’

उनले क्यानाडामा आयोजित ग्लोबल टि–२० मा सहभागी हुँदा पनि आफूलाई धेरै सिक्ने मौका मिलेको बताए ।

नेपाली टिमका कप्तान रोहित पौडेलले सोचेजस्तो रिजल्ट नआएपछि सकारात्मक पक्ष धेरै भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘हामीले दुई–तीन एरियामा राम्रो गर्न सकिन्थ्यो । डेथ ओभर बलिङ र फिल्डिङमा अलिकति कमजोरी भयो । तर, समग्रमा खुशी छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता