२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि थाहा पाएँ, भाँचिएको ब्याटले खेलेको भनेर हल्ला भएछ : करन केसी

२०८०, १८ आश्विन बिहीबार ११:२६

असोज १८, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करन केसीले भारतविरुद्ध ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्र थाहा पाएको बताएका छन्।

‘ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्रा थाहा पाएँ। पछि सामाजिक सञ्जालमा भाँचिएको ब्याटले खेलेको भनेर हल्ला धेरै भएछ’, करणले हाँस्दै भने । 


उनले अन्तिम बलमा छक्का हानेपछि ब्याट भाँचिएको हुन सक्ने बताए।  १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलमा भारतविरुद्ध २३ रनले पराजित हुँदै नेपाल बाहिरिसकेको छ।

एसियाड क्रिकेटअन्तर्गत मंगलबार भारतसँग नेपालले खेलेपछि उनको एउटा तस्वीर भाइरल भइरहेको थियो । तस्वीरमा करणले बोकेको ब्याट फुटेको वा चर्केको जस्तो देखिन्थ्यो । नेपालीहरुमात्र होइन, धेरै भारतीयहरुले पनि नेपाली ब्याट्सम्यानसँग एउटा गतिलो ब्याट नभएको भन्दै दया वर्षाइरहेका थिए ।

जानकारहरु भने सामाजिक सञ्जालले यस्ता विषयहरुलाई गलत र अतिरञ्जित प्रचार गरिरहेको बताउँछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपालका अधिकांश राष्ट्रिय क्रिकेटरसँग स्पोन्सर रहेको प्रस्ट पारेका थिए ।

एउटा ब्याटकै अभाव हुने परिस्थिति कम्तीमा राष्ट्रिय खेलाडीमा नरहेको उनको भनाइ छ । उनले वास्तविकता नबुझी भ्रामक रुपमा समाचारहरु नफैलाउन आग्रह समेत गरेका थिए  ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते