५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि थाहा पाएँ, भाँचिएको ब्याटले खेलेको भनेर हल्ला भएछ : करन केसी

१८ आश्विन २०८०, बिहीबार ११:२६

असोज १८, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करन केसीले भारतविरुद्ध ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्र थाहा पाएको बताएका छन्।

‘ब्याट भाँचिएको ड्रेसिङ रूम गएपछि मात्रा थाहा पाएँ। पछि सामाजिक सञ्जालमा भाँचिएको ब्याटले खेलेको भनेर हल्ला धेरै भएछ’, करणले हाँस्दै भने । 


उनले अन्तिम बलमा छक्का हानेपछि ब्याट भाँचिएको हुन सक्ने बताए।  १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलमा भारतविरुद्ध २३ रनले पराजित हुँदै नेपाल बाहिरिसकेको छ।

एसियाड क्रिकेटअन्तर्गत मंगलबार भारतसँग नेपालले खेलेपछि उनको एउटा तस्वीर भाइरल भइरहेको थियो । तस्वीरमा करणले बोकेको ब्याट फुटेको वा चर्केको जस्तो देखिन्थ्यो । नेपालीहरुमात्र होइन, धेरै भारतीयहरुले पनि नेपाली ब्याट्सम्यानसँग एउटा गतिलो ब्याट नभएको भन्दै दया वर्षाइरहेका थिए ।

जानकारहरु भने सामाजिक सञ्जालले यस्ता विषयहरुलाई गलत र अतिरञ्जित प्रचार गरिरहेको बताउँछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपालका अधिकांश राष्ट्रिय क्रिकेटरसँग स्पोन्सर रहेको प्रस्ट पारेका थिए ।

एउटा ब्याटकै अभाव हुने परिस्थिति कम्तीमा राष्ट्रिय खेलाडीमा नरहेको उनको भनाइ छ । उनले वास्तविकता नबुझी भ्रामक रुपमा समाचारहरु नफैलाउन आग्रह समेत गरेका थिए  ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता