असोज १९, काठमाडौँ | चीनमा जारी एसियन गेम्सको पुरुष क्रिकेटमा बंगलादेश भारतसँग ठूलो अन्तरले पराजित भएको छ ।
नेपालले टक्कर दिएको भारतसँग बंगलादेश ९ विकेटले हारेको हो ।
केही बेरअघि सम्पन्न सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो ।
९७ रनको सामान्य लक्ष्य भारतले ९ ओभर २ बलमा पुरा गर्यो, मात्र १ विकेट गुमाएर ।
भारतका लागि ओपनर यशष्भी जैसवाल शून्य रनमा आउट भए पनि रुतुराज गायक्वाडले २६ बलमा ४० र तिलक बर्मामाले २६ बलमा ५५ रन बनाउँदै खेल जिताएका थिए ।
जितसँगै भारत फाइनल प्रवेश गरेको छ ।