२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

डच बलरहरुको दबाब झेल्दै पाकिस्तानी ब्याट्सम्यान

२०८०, १९ आश्विन शुक्रबार ०९:५३

असोज १९, काठमाडौं | आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिन शुक्रबार नेदरल्यान्ड्सविरुद्ध पाकिस्तानले खराब सुरुआत गरेको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले १० ओभरको खेल सकिँदासम्म तीन महत्वपूर्ण विकेट गुमाएर ४३ रनमात्र बनाउन सकेको छ ।

पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान अविजित चार र साउद सकिल अविजित पाँच रन बनाउँदै क्रिजमा छन् । टोलीको कुल स्कोर १५ रन हुँदा पाकिस्तानले पहिलो विकेट गुमाएको थियो । 


पहिलो विकेटका रुपमा ओपनर फाखर जामन १२ रन बनाउँदै आउट भएका थिए । टोलीको कुल स्कोर ३४ रन हुँदा पाकिस्तानले दोस्रो विकेट गुमाएको थियो । कप्तान बाबर आजम पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

त्यसपछि अर्का ओपनर इमाम उल हक पनि १५ रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा पाकिस्तानले ३८ रन बनाएको थियो । खेलको प्रारम्भदेखि नै नेदरल्यान्ड्सका बलरले पाकिस्तानी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । नेदरल्यान्ड्सका बलर लोगन भान विक, कोलिन एकरम्यान र पल भान मिकेरनले एक—एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न