२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानले नेदरल्यान्ड्सलाई दियो दुई सय ८७ रनको लक्ष्य

२०८०, १९ आश्विन शुक्रबार १२:२४

असोज १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको शुक्रबारको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय ८६ रन बनायो । 

पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान र साउद सकिलले अर्धसतकीय पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा रिजवाले ६८ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका रिजवानले ७५ बलको सामना गरी आठ चौका हिर्काए ।

पाँचौँ नम्बरका ब्याट्सम्यान सकिलले पनि ६८ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५२ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । रिजवान र सकिलले टोलीका लागि एक सय २० रनको साझेदारी गरेका थिए ।

पाकिस्तानी टोलीको सुरुआत भने खराब थियो । पाकिस्ताने माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तोमा गुमाएका थियो । पाकिस्तानले १० ओभरको खेल सकिँदासम्म केवल ४३ रन बनाएर तीन महत्वपूर्ण विकेट गुमाइसकेको थियो । 

टोलीको कुल स्कोर केवल १५ रन हुँदा पाकिस्तानले पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा ओपनर फाखर जामन १२ रन बनाउँदै आउट भएका थिए । टोलीको कुल स्कोर ३४ रन हुँदा पाकिस्तानले दोस्रो विकेट गुमाएको थियो । कप्तान बाबर आजम पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

त्यसपछि अर्का ओपनर इमाम उल हक पनि १५ रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा पाकिस्तानले ३८ रन बनाएको थियो । खेलको प्रारम्भमा नेदरल्यान्ड्सका बलरहरुले पाकिस्तानी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । 

पाकिस्तानका आठौँ नम्बरका ब्याट्सम्यान सदाब खानले टोलीका लागि ३२ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनीभन्दा अघि क्रिज समाल्न आएका मोहम्मद नवाजले पनि टोलीको खातामा ३९ रन थपेका थिए । 

रनआउट भई पेभेलियन फर्किनुअघि नवाजले ४३ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । पाकिस्तानी टोलीका लागि तल्लोक्रमका ब्याट्सम्यान साहिन शाह अफरिदीले पनि १२ बलमा दुई चौकाको मद्दतले अविजित १३ रनको योगदान गरे । ह्यारिस रउफले पनि १४ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन जोडे । 

नेदरल्यान्ड्सका बलर बास डी लिड पाकिस्तानी ब्याट्सम्यानहरुका लागि सबैभन्दा घातक बने । उनी एक्लैले चार विकेट लिए । कालिन एकरम्यानले दुई विकेट लिए । आर्यन दत्त, लोगान भान बिक र पल भान मिकेरनले पनि एक—एक विकेट हात पारे । पाकिस्तान र नेदरल्यान्ड्सबीचको दिवा—रात्री खेल हैदराबादस्थित राजिव गान्धी स्टेडियममा खेलिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न