५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानले नेदरल्यान्ड्सलाई दियो दुई सय ८७ रनको लक्ष्य

१९ आश्विन २०८०, शुक्रबार १२:२४

असोज १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकपको शुक्रबारको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई दुई सय ८७ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुनुअघि दुई सय ८६ रन बनायो । 

पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान र साउद सकिलले अर्धसतकीय पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहँदा रिजवाले ६८ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका रिजवानले ७५ बलको सामना गरी आठ चौका हिर्काए ।

पाँचौँ नम्बरका ब्याट्सम्यान सकिलले पनि ६८ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ५२ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । रिजवान र सकिलले टोलीका लागि एक सय २० रनको साझेदारी गरेका थिए ।

पाकिस्तानी टोलीको सुरुआत भने खराब थियो । पाकिस्ताने माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तोमा गुमाएका थियो । पाकिस्तानले १० ओभरको खेल सकिँदासम्म केवल ४३ रन बनाएर तीन महत्वपूर्ण विकेट गुमाइसकेको थियो । 

टोलीको कुल स्कोर केवल १५ रन हुँदा पाकिस्तानले पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा ओपनर फाखर जामन १२ रन बनाउँदै आउट भएका थिए । टोलीको कुल स्कोर ३४ रन हुँदा पाकिस्तानले दोस्रो विकेट गुमाएको थियो । कप्तान बाबर आजम पाँच रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

त्यसपछि अर्का ओपनर इमाम उल हक पनि १५ रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा पाकिस्तानले ३८ रन बनाएको थियो । खेलको प्रारम्भमा नेदरल्यान्ड्सका बलरहरुले पाकिस्तानी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । 

पाकिस्तानका आठौँ नम्बरका ब्याट्सम्यान सदाब खानले टोलीका लागि ३२ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनीभन्दा अघि क्रिज समाल्न आएका मोहम्मद नवाजले पनि टोलीको खातामा ३९ रन थपेका थिए । 

रनआउट भई पेभेलियन फर्किनुअघि नवाजले ४३ बलको सामना गरी चार चौका पनि हिर्काएका थिए । पाकिस्तानी टोलीका लागि तल्लोक्रमका ब्याट्सम्यान साहिन शाह अफरिदीले पनि १२ बलमा दुई चौकाको मद्दतले अविजित १३ रनको योगदान गरे । ह्यारिस रउफले पनि १४ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन जोडे । 

नेदरल्यान्ड्सका बलर बास डी लिड पाकिस्तानी ब्याट्सम्यानहरुका लागि सबैभन्दा घातक बने । उनी एक्लैले चार विकेट लिए । कालिन एकरम्यानले दुई विकेट लिए । आर्यन दत्त, लोगान भान बिक र पल भान मिकेरनले पनि एक—एक विकेट हात पारे । पाकिस्तान र नेदरल्यान्ड्सबीचको दिवा—रात्री खेल हैदराबादस्थित राजिव गान्धी स्टेडियममा खेलिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता