२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एपीएफविरुद्ध कर्णालीको शानदार जित

२०८०, १७ माघ बुधबार १०:२३

माघ १६, काठमाडौँ । प्रधानमन्त्री कप एकदीवसीय क्रिकेटमा विभागीय टिम एपीएफ क्लबविरुद्ध कर्णाली प्रदेशले शानदार जित निकालेको छ । कर्णालीले दिएको २०७ रनको चुनौती पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अलआउट भएपछि कर्णालीले विभागीय टिमविरुद्ध २१ रनको ऐतिहासिक जित निकालेको हो ।

एपीएफका लागि आशिफ शेखले शानदार शतक प्रहार गरे । आशिफले ११२ बलको सामना गर्दै शतक हिर्काएका हुन् । त्यसक्रममा उनाले ९ चौका र २ छक्कासमेत हिर्काएका छन् । आशिफले समग्रमा ११२ बलमा १० चौका र २ छक्काको मद्दतमा १०८ रन जोडेका थिए ।


आशिफले हिर्काएको शतकसँगै यस संस्करणमा १० शतक प्रहार भएको छ । यसअघि आर्मीका विनोद भण्डारीले २ शतक हिर्काउँदा आर्मीकै रासिद खान, कोशीबाट सुजन थपलिया, मधेशबाट अनिल साह र मयन यादव, एपीएफका सन्दीप जोरा, सुदूरपश्चिमबाट नरेन भट्ट र बागमतीका आाशुतोष घिरैयाले शतक प्रहार गरेका छन् ।

आशिफको अतिरिक्त एपीएफका लागि अमर रौटेलाले २८ र कप्तान रोहि पौडेलले १४ रन जोड्नुबाहेक अरुले राम्रो पदर्शन गर्न सकेनन् । एपीएफलाई ऐतिहासिक हार चखाउनेक्रममा कर्णालीका प्रकाश जैशीले शानदार बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले २ मेड् राख्दै मात्र ९ रन दिएर ४ विकेट चट्काएपछि एपीएफ जित नजिक पुगेरपनि २ अंक गुमाउन बाध्य भयो । जैशीले ४३ ओभरको तेस्रो र चौथो बलमा लगातार चन्दन राम र मौसम ढकाललाई आउट गराउँदा त्यहि ओभरको अन्तिम बलमा रमेश कुर्मीलाई आउट गरेका थिए । त्यस्तै युनिस सिंह र दिपेन्द्र रावतले पनि समान २ विकेट लिए ।

कर्णालीविरुद्धको खेल हारेसँगै एपीएफले ९ खेलबाट १० अंक जोडेर प्रतियोगीता टुंग्याएको छ । एपीएफ अंक तालिकाको पाँचौ स्थानमा झर्दा पुलिस र आर्मीले उपाधिका लागि खेल्ने पक्का भएको छ भने बागमती र मधेश शीर्ष ४ मा रहने निश्चित भएको छ ।

यसअघि त्रिविस्थित कीर्तिपुर मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको कर्णाली ४४।१ ओभरमा २०६ रनमा अलआउट भयो । कर्णालीका लागि हिमांशु शाही र अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ५० बलको सामना गरेका हिमांशुले ७ छक्का र २ चौका हिर्काउँदै ६२ रनको अर्धशतकीय पारी खेले भने अर्जुनले ७४ बलमा ३ छक्का र १ चौका हिर्काउँदै ५३ रन जोडे ।

अर्जुन र हिमांशुको अतिरिक्त दीपेन्द्र रावत २७, कप्तान रविन्द्र शाही २२, दिनेश अधिकारी १९ र प्रकाश पाण्डे १० रनमा आउट भए । राजेश खड्का, दिवान पुन र अर्जुन चनारा समान १ रनमा रनआउट हुँदा निश्चल रावलले ६ रन थपे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ