३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एपीएफविरुद्ध कर्णालीको शानदार जित

१७ माघ २०८०, बुधबार १०:२३

माघ १६, काठमाडौँ । प्रधानमन्त्री कप एकदीवसीय क्रिकेटमा विभागीय टिम एपीएफ क्लबविरुद्ध कर्णाली प्रदेशले शानदार जित निकालेको छ । कर्णालीले दिएको २०७ रनको चुनौती पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अलआउट भएपछि कर्णालीले विभागीय टिमविरुद्ध २१ रनको ऐतिहासिक जित निकालेको हो ।

एपीएफका लागि आशिफ शेखले शानदार शतक प्रहार गरे । आशिफले ११२ बलको सामना गर्दै शतक हिर्काएका हुन् । त्यसक्रममा उनाले ९ चौका र २ छक्कासमेत हिर्काएका छन् । आशिफले समग्रमा ११२ बलमा १० चौका र २ छक्काको मद्दतमा १०८ रन जोडेका थिए ।


आशिफले हिर्काएको शतकसँगै यस संस्करणमा १० शतक प्रहार भएको छ । यसअघि आर्मीका विनोद भण्डारीले २ शतक हिर्काउँदा आर्मीकै रासिद खान, कोशीबाट सुजन थपलिया, मधेशबाट अनिल साह र मयन यादव, एपीएफका सन्दीप जोरा, सुदूरपश्चिमबाट नरेन भट्ट र बागमतीका आाशुतोष घिरैयाले शतक प्रहार गरेका छन् ।

आशिफको अतिरिक्त एपीएफका लागि अमर रौटेलाले २८ र कप्तान रोहि पौडेलले १४ रन जोड्नुबाहेक अरुले राम्रो पदर्शन गर्न सकेनन् । एपीएफलाई ऐतिहासिक हार चखाउनेक्रममा कर्णालीका प्रकाश जैशीले शानदार बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले २ मेड् राख्दै मात्र ९ रन दिएर ४ विकेट चट्काएपछि एपीएफ जित नजिक पुगेरपनि २ अंक गुमाउन बाध्य भयो । जैशीले ४३ ओभरको तेस्रो र चौथो बलमा लगातार चन्दन राम र मौसम ढकाललाई आउट गराउँदा त्यहि ओभरको अन्तिम बलमा रमेश कुर्मीलाई आउट गरेका थिए । त्यस्तै युनिस सिंह र दिपेन्द्र रावतले पनि समान २ विकेट लिए ।

कर्णालीविरुद्धको खेल हारेसँगै एपीएफले ९ खेलबाट १० अंक जोडेर प्रतियोगीता टुंग्याएको छ । एपीएफ अंक तालिकाको पाँचौ स्थानमा झर्दा पुलिस र आर्मीले उपाधिका लागि खेल्ने पक्का भएको छ भने बागमती र मधेश शीर्ष ४ मा रहने निश्चित भएको छ ।

यसअघि त्रिविस्थित कीर्तिपुर मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको कर्णाली ४४।१ ओभरमा २०६ रनमा अलआउट भयो । कर्णालीका लागि हिमांशु शाही र अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । ५० बलको सामना गरेका हिमांशुले ७ छक्का र २ चौका हिर्काउँदै ६२ रनको अर्धशतकीय पारी खेले भने अर्जुनले ७४ बलमा ३ छक्का र १ चौका हिर्काउँदै ५३ रन जोडे ।

अर्जुन र हिमांशुको अतिरिक्त दीपेन्द्र रावत २७, कप्तान रविन्द्र शाही २२, दिनेश अधिकारी १९ र प्रकाश पाण्डे १० रनमा आउट भए । राजेश खड्का, दिवान पुन र अर्जुन चनारा समान १ रनमा रनआउट हुँदा निश्चल रावलले ६ रन थपे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’