३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रेखा थापाको उपहार फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक

१८ माघ २०८०, बिहीबार १०:२४

माघ १८, काठमाडौँ | नायिका रेखा थापाको बहुप्रतिक्षित  फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष  गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्बजनिक गरिएको यो शीर्ष गीत फिल्मको तेस्रो गीत हो । 

गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ ।

गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’