माघ १९, काठमाडौँ | आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालविरुद्ध भारतका सचिन दासले शतक प्रहार गरेका छन् ।
दासले ९३ बलमा शतक पूरा गरेका हुन् । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदय शहरानले उत्कृष्ट साझेदारी गरेका छन् । उनीहरुले दोहोरो शतकीय साझेदारी गरेका छन् ।
दास ११६ रन बनाएर आउट भएका छन् । ४८ औं ओभरको चौथो बलमा गुल्शन झाले उनलाई आउट गरेका हुन् । शहरान ९२ रनमा अविजित छन् ।
भारतले ४७ ओभरमा ३ विकेट गुमाएर २६९ रन बनाएको छ । नेपालका गुल्शन झाले २ र आकाश चन्दले १ विकेट लिए ।