२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आल्भेजमाथि बार्सिलोना ३-१ ले विजयी

२०८०, २१ माघ आईतवार ०३:३९

माघ २१, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की, इके गुनडोगान र भिटोर रोकीले एक एक गोल गरेका थिए ।


त्यस्तै आल्भेजका लागि सामु ओमोरोडीओनले एक गोल फर्काएका थिए ।यस खेलमा बार्सिलोनाका भिटोर रोकीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ७२औं मिनेटमा मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको २३ खेलमा ५० अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी आल्भेजको भने २३ खेलमा २६ अंक रहेको छ र लिगमा १२औ स्थानमा छ ।

त्यस्तै गएराती सम्पन्न अर्को खेलमा जिरोना रियल सोसियडाडसँग गोलरहित बराबरीमा रोकिएपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । यो बराबरीपछि जिरोना २३ खेलमा ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रियल सोसियडाडको भने २३ खेलमा ३७ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी