३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेसी नखेलेपछि फ्यानले मागे टिकटको पैसा फिर्ता

२२ माघ २०८०, सोमबार ०५:५६

माघ २२, काठमाडौँ | अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी आइतवार इन्टर मियामीका लागि भएको मैत्रीपूर्ण खेलमा मैदान नउत्रिएपछि हङकङका हजारौं फुटबल फ्यानहरू निराश बनेका छन् ।

इन्टर मियामी र हङकङ एघारबीचको मैत्रीपूर्ण खेलका लागि ४० हजार टिकट बिक्री गरिएको थियो । गत डिसेम्बरमा नै ११३ देखि ६२४ डलरसम्मका टिकट बिक्री गरिएको थियो ।

सो खेलमा इन्टर मियामीले हङकङ-११ लाई ४-१ ले पराजित गरेको थियो ।


तर यस खेलमा मेसी नखेलेपछि मैदानमा उपस्थित फ्यानहरुले विरोध गर्दै आफ्नो टिकटको पैसा फिर्ता मागेका थिए । फ्यानहरुको विरोध र असन्तुष्टिपछि आयोजकले फ्यानहरुलाई स्पष्टिकरण दिनुपर्ने माग भइरहेको छ । यस खेलमा अर्का खेलाडी लुइस स्वरेज समेत खेलेका थिएनन् । जोर्डी अल्बा र सर्जियो बुस्केट्स दोस्रो हाफदेखि मात्र खेलेका थिए ।

आयोजकले भने मेसी र स्वरेज नखेलेको बारे आफुलाई पुर्ब जानकारी नभएको बताएको छ । यसले आयोजक र फ्यानहरु दुवैलाई निराश बनाएको जनाएको छ । यता इन्टर मियामीका प्रशिक्षक जेरार्ड़ो मार्टिनोले भने अन्तिम समयमा मेडिकल स्टाफको सुझावमा मेसी र स्वरेजलाई नखेलाएको बताएका छन् ।

मेसी यसअघि अल नासरविरूद्धको खेलमा पनि अन्तिम समयमा मैदानमा आएका थिए । सो खेलमा इन्टर मियामी ६-० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’