२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बुमराह आईसीसी टेष्ट वरीयतामा पहिलो पटक शिर्ष स्थानमा

२०८०, २४ माघ बुधबार १०:३७

माघ २४, काठमाडौँ | जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् ।

ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन् । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् ।


बुमराहले ईङल्याण्डको घरेलु टेस्ट सिरिजको पहिलो २ खेलमा १५ विकेट लिएका थिए । उनले पहिलो टेस्टमा ६ विकेट र दोस्रो टेस्टमा ९ विकेट लिएका थिए ।

उनी दोस्रो खेलको प्लेयर अफ द म्याच समेत बने । अब बुधबार उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरियतामा शीर्ष स्थानमा पुगेका छन् । बुमराहले अस्ट्रेलियाका प्याट कमिन्स, अश्विन र रबाडालाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् । बुमराहको हाल ८८१ रेटिङ अंक छ, जुन उनको करियरकै उत्कृष्ट हो ।

बुमराह हाल एकदिवसीय बलर वरियतामा छैटौं र टी- २० बलरको बरियतामा १००औँ स्थानमा छन् ।  ३० वर्षीय बुमराहले ३४ टेस्टमा १५५ विकेट लिएका छन् । उनको नाममा १० पटक एक इनिङमा ५ वा सोभन्दा बढी विकेट लिने कीर्तिमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी