३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बुमराह आईसीसी टेष्ट वरीयतामा पहिलो पटक शिर्ष स्थानमा

२४ माघ २०८०, बुधबार १०:३७

माघ २४, काठमाडौँ | जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् ।

ईङल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङ गरेका बुमराह पहिलो पटक आइसीसी वरियतामा शिर्ष स्थानमा उक्लिएका हुन् । योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन् । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् ।


बुमराहले ईङल्याण्डको घरेलु टेस्ट सिरिजको पहिलो २ खेलमा १५ विकेट लिएका थिए । उनले पहिलो टेस्टमा ६ विकेट र दोस्रो टेस्टमा ९ विकेट लिएका थिए ।

उनी दोस्रो खेलको प्लेयर अफ द म्याच समेत बने । अब बुधबार उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरियतामा शीर्ष स्थानमा पुगेका छन् । बुमराहले अस्ट्रेलियाका प्याट कमिन्स, अश्विन र रबाडालाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् । बुमराहको हाल ८८१ रेटिङ अंक छ, जुन उनको करियरकै उत्कृष्ट हो ।

बुमराह हाल एकदिवसीय बलर वरियतामा छैटौं र टी- २० बलरको बरियतामा १००औँ स्थानमा छन् ।  ३० वर्षीय बुमराहले ३४ टेस्टमा १५५ विकेट लिएका छन् । उनको नाममा १० पटक एक इनिङमा ५ वा सोभन्दा बढी विकेट लिने कीर्तिमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’