माघ २५, काठमाडौँ | नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले दोस्रो विकेट गुमाएको छ ।
सोमपाल कामीले क्यानडाको दोस्रो विकेट लिएका हुन् । उनले आरोन जोनसनलाई २० रनमा एलबीडब्ल्यू आउट गरे ।
क्यानडाले छैटौं ओभरको खेल सकिँदा २ विकेट गुमाएर ३५ रन बनाएको छ ।
यसअघि रिजन ढकालले आफ्नो करिअरको पाँचौं बलमा अन्तर्राष्ट्रिय पहिलो विकेट लिएका थिए उनले नवनित दलिवाललाई व्यक्तिगत ६ रनमा आउट गरे ।