२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फुटबलमा ‘निलो कार्ड’ ल्याउने तयारी

२०८०, २६ माघ शुक्रबार ०५:४६

माघ २६, काठमाडौं | लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ।

हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब 'निलो कार्ड' पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको हो।

टेलिग्राफको रिपोर्ट अनुसार निलो कार्डको ट्रायल छिटै हुने बताइएको छ। रिपोर्टमा यसै सातादेखि ट्रायल हुने भनिएपनि फिफाले भने यसको खण्डन गरेको छ।


रिपोर्टमा अन्तर्राष्ट्रिय फुटबल एसिसियासन बोर्डले यसै साता निलो कार्डको ट्रायल गर्ने र अर्को सिजनदेखि सबै खेलमा लागु गर्ने दाबि गरिएको छ।

'निलो कार्ड' कुनै खेलाडीले खेलका क्रममा फाउल गरेमा रेफ्रीले सो खेलाडीलाई १० मिनेटका लागि मैदान बाहिर पठाउन सक्ने गरि प्रयोगमा ल्याउन थालिएको बताइएको छ।

तर फिफाले भने निलो कार्ड अर्थात ब्लू कार्ड प्रयोगको विषय अहिले ट्रायल नहुने र यस विषयमा आगामी मार्च १ मा हुने एजिएममा छलफल हुने स्पष्ट गरेको छ।

फुटबलमा 'ब्लू कार्ड' को प्रयोग भने केहि ग्रासरुट प्रतियोगिताहरुमा भने प्रयोगमा रहेको छ।

प्रोफेसनल फुटबलमा ब्लू कार्डको प्रयोग बारे युइएफएका प्रेसिडेन्टले भने यसको विपक्षमा आफ्नो मत राख्दै यसले फुटबललाई फुटबलको रुपमा नराख्ने प्रतिक्रिया दिएका छन्।

रातो र पहेलो बाहेक अहिले पोर्चुगलमा सेतो कार्ड पनि प्रयोगमा रहेको छ। सेतो कार्डको प्रयोग भने खेलका क्रममा खेलाडीले देखाएको खेल भावनाको कदर गर्न रेफ्रीले रयोग गर्ने गरेका छन्। पोर्चुगल फुटबल फेडेरेसनले फुटबलमा खेल भावना बढाउन सेतो कार्ड प्रयोगमा ल्याएको बताएको छ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी