३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू-१९ क्रिकेट टिमका खेलाडीले पाए ३ लाख, बक्सर सुष्मालाई ६ लाख

२८ माघ २०८०, आईतवार ०९:२०

माघ २५, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपमा सहभागी भएको नेपाली टिमका खेलाडीले जनही ३ लाख पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले आइतबार विश्वकप खेलेको टिमका खेलाडीलाई जनही ३ लाख प्रदान गरेको हो ।


कप्तान देव खनाल, दिपेश कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपक प्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरालाई समान ३-३ लाख प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मुख्य प्रशिक्षक जगत टमाटालाई २ लाख तथा टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई समान १-१ लाख प्रदान गरिएको छ ।

यता एएसबीसी यू-२२ एसियन पुरुष तथा महिला बक्सिङ च्याम्पियनसीपमा रजत जितेकी सुष्मा तामाङलाई ६ लाख, कास्य जितेका हेमा राई, त्रिशा जबेगु र विजय बाटालाई जनही ३-३ लाख प्रदान गरिएको छ ।

बक्सिङका मुख्य प्रशिक्षक दिपक महर्जनले १ लाख ८ हजार तथा सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले ७२ हजार पाएका छन् ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले उनीहरूलाई उक्त पुरस्कार रकम हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’