३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रुबिनाको शतकीय इनिङमा माल्दिभ्सलाई नेपालले दियो २२८ रनको लक्ष्य

१ फाल्गुन २०८०, मंगलवार ०७:२०

फागुन १, काठमाडौँ | मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको लक्ष्य दिएको छ । मलेसियामा बायुमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । 

नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीले शतकीय पारी खेलिन् । ५९ बलको सामना गरेकी उनले १० चौका र पाँच छक्कासहित अविजित १ सय १८ रन बनाइन् । योसँगै रुबिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला ब्याटर बनेकी छन् । 


यस्तै, अलराउन्डर पूजा महतोले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रनको आक्रामक इनिङ खेलिन् । त्यस्तै, सीता राना मगरले १५ र कविता कुँवरले १३ रन बनाए । कप्तान इन्दु वर्मा भने शून्यमै आउट भइन् । 

नेपाल आज लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । नेपालले जारी प्रतियोगिताको पहिलो र दोस्रो खेलमा क्रमशः हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । नेपाल मादिभ्सविरुद्ध पनि सहज जितको खोजीमा छ ।   

नेपाल अहिले समूह ‘डी’ को अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।  

फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’