२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रुबिनाको शतकीय इनिङमा माल्दिभ्सलाई नेपालले दियो २२८ रनको लक्ष्य

२०८०, १ फाल्गुन मंगलवार ०७:२०

फागुन १, काठमाडौँ | मलेसियामा जारी एसिसी महिला प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २ सय २८ रनको लक्ष्य दिएको छ । मलेसियामा बायुमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । 

नेपालका लागि पूर्वकप्तान रुबिना क्षेत्रीले शतकीय पारी खेलिन् । ५९ बलको सामना गरेकी उनले १० चौका र पाँच छक्कासहित अविजित १ सय १८ रन बनाइन् । योसँगै रुबिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली महिला ब्याटर बनेकी छन् । 


यस्तै, अलराउन्डर पूजा महतोले ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ५९ रनको आक्रामक इनिङ खेलिन् । त्यस्तै, सीता राना मगरले १५ र कविता कुँवरले १३ रन बनाए । कप्तान इन्दु वर्मा भने शून्यमै आउट भइन् । 

नेपाल आज लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । नेपालले जारी प्रतियोगिताको पहिलो र दोस्रो खेलमा क्रमशः हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो । नेपाल मादिभ्सविरुद्ध पनि सहज जितको खोजीमा छ ।   

नेपाल अहिले समूह ‘डी’ को अंक तालिकामा शीर्ष स्थानमा छ । नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । जारी प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।  

फाइनल पुग्ने दुई टोलीले एसिसी महिला एसिया कपमा छनोट हुनेछन् । त्यस्तै, सेमिफाइनल पुग्ने चार टोली इमर्जिङ एसिया कपमा छनोट हुनेछन् । समूह ‘डी’ मा नेपाल र भुटानसहित, हङकङ र माल्दिभ्स पनि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी