२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग- २ का शीर्ष ४ टोली सोझै विश्वकप छनोटमा पुग्ने

२०८०, १ फाल्गुन मंगलवार ०८:४७

फागुन १, काठमाडौँ | यसै साता सुरु हुने आईसीसी विश्वकप लिग- २ का शीर्ष चार टोली एक दिवसीय विश्वकपको विश्वस्तरको छनोटमा सीधै पुग्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार ८ टीमले प्रतिस्पर्धा गर्ने लिग- २ का शीर्ष ४ टोली सोझै विश्वस्तरको छनोटमा पुग्नेछन् ।

अघिल्लो पटक शीर्ष तीन टोलीले यस्तो अवसर पाएका थिए । विश्वकप लिग- २ मा कुल २४ वटा त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला हुनेछन् । हरेक त्रिकोणात्मक श्रृंखलामा एउटा टोलीले प्रत्येकसँग २-२ खेल खेल्नेछन् । आईसीसीका अनुसार विश्वकप लिग- २ मा कुल १४४ खेल हुनेछन् ।


विश्वकप लिग- २ मा यसपटक नेपालसहित नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, यूएई, क्यानडा र अमेरिका रहेका छन् । नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित पहिलो श्रृंखला यसै साता त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

विश्वकप छनोटमा लिग- २ का शीर्ष चार टोली, प्ले अफबाट आउने ४ टोली र ओडीआई वरियताबाट छनोट नभएका टोलीले प्रतिस्पर्धा गर्नेछन् । आईसीसीका अनुसार विश्वकप छनोटबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी