३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप लिग- २ का शीर्ष ४ टोली सोझै विश्वकप छनोटमा पुग्ने

१ फाल्गुन २०८०, मंगलवार ०८:४७

फागुन १, काठमाडौँ | यसै साता सुरु हुने आईसीसी विश्वकप लिग- २ का शीर्ष चार टोली एक दिवसीय विश्वकपको विश्वस्तरको छनोटमा सीधै पुग्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार ८ टीमले प्रतिस्पर्धा गर्ने लिग- २ का शीर्ष ४ टोली सोझै विश्वस्तरको छनोटमा पुग्नेछन् ।

अघिल्लो पटक शीर्ष तीन टोलीले यस्तो अवसर पाएका थिए । विश्वकप लिग- २ मा कुल २४ वटा त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला हुनेछन् । हरेक त्रिकोणात्मक श्रृंखलामा एउटा टोलीले प्रत्येकसँग २-२ खेल खेल्नेछन् । आईसीसीका अनुसार विश्वकप लिग- २ मा कुल १४४ खेल हुनेछन् ।


विश्वकप लिग- २ मा यसपटक नेपालसहित नामिबिया, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, यूएई, क्यानडा र अमेरिका रहेका छन् । नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित पहिलो श्रृंखला यसै साता त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

विश्वकप छनोटमा लिग- २ का शीर्ष चार टोली, प्ले अफबाट आउने ४ टोली र ओडीआई वरियताबाट छनोट नभएका टोलीले प्रतिस्पर्धा गर्नेछन् । आईसीसीका अनुसार विश्वकप छनोटबाट शीर्ष चार टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’