फागुन ३, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपाललाई पहिलो सफलता दिलाएका ललित राजवंशीले नै दोस्रो सफलता दिलाएका हुन् ।
उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।
ललितले १४औं ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा अनिल साहको हातबाट गराएका हुन् ।
नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया १४ ओभरमा २ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ ।