फागुन ३, काठमाडौँ | आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ ।
नेपाललाई एकि ओभरमा तेस्रो र चौंथो सफलता सोमपाल कामीले दिलाएका हुन् ।
२१ औं ओभरको तेस्रो बरमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराए । सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।
नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया २१ ओभरमा ४ विकेट गुमाएर ८२ रन बनाएर खेलिरहेको छ ।