३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियासँग पराजित भएसँगै ८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना अधुरै

४ फाल्गुन २०८०, शुक्रबार ०८:३९

फागुन ४, काठमाडौँ | एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको छ ।

पराजित भएसँगै ८ वर्षपछि एसिया कप खेल्ने नेपालको सपना सकिएको हो । जितको लागि ११६ रनको बलियो विजयी लक्ष्य पछ्याएको मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताइन् ।

मलेसियालाई अन्तिम ६ बलमा ११ रन जितको लागि चाहिएको थियो । पहिलो बलमा हन्टरले कविता कुँवरलाई चौका प्रहार गरेपछि बाँकी ५ बलमा ७ रन चाहिएको थियो ।

दोस्रो बल अफ साइडमा डट राखिन् । तेस्रो बलमा चौका हानेपछि तीन बलमा तीन रन चाहिएको थियो । चौथो बलमा स्टेटमा दुई रन प्रहार गरिन् ।

पाँचौं बलमा एक रन बटुल्दै रोमान्चक जितका साथ फाइनल र एसिया कपमा मलेसियालाई पुर्‍याइन् ।

मास एलिसा १३, महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन् ।

नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन् ।

त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन् । फिनिसर डली भट्टले राम्रो अन्त्य गर्दै १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन् ।

ओपनर सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन् । दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । कविता ३१ बलमा २ चौकासहित २३ रन रन आउट हुन पुगेकी थिइन् । रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन् ।

मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् । पहिलो सेमिफाइन खेलमा थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ । फाइनल आइतबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’