३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लिभरपुल र आर्सनललाई फाइदा

६ फाल्गुन २०८०, आईतवार ०३:२०

फागुन ६, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ८३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट बचाएका थिए ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको २४ खेलमा ५३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । 

यो बराबरीपछि प्रिमियर लिगको समीकरणमा लिभरपुल र आर्सनललाई फाइदा भएको छ । गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले र आर्सनलले बर्न्लीलाई ५-० ले पराजित गरेका थिए । 

सिटीको २४ खेलमा ५३ अंक भएको छ भने एक खेल बढी खेलेको लिभरपुलको २५ खेलमा ५७ अंक रहेको छ । त्यस्तै २५ खेलमा ५५ अंक रहेको आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी सिटीसँग बराबरीमा रोकिएको चेल्सीको भने २५ खेलमा ३५ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’