३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जैसवालको कीर्तिमानी दोहोरो शतकपछि इङ्ल्याण्डले पायो ५५७ रनको लक्ष्य

६ फाल्गुन २०८०, आईतवार ०८:३३

फागुन ६, काठमाडौँ | भारतका युवा ब्याट्सम्यान यशस्वी जैसवालले दोहोरो शतक बनाएपछि भारतले जारी तेस्रो टेस्टमा इङल्याण्डलाई विशाल ५५७ रनको लक्ष्य दिएको छ । खेलको चौथो दिन भारतले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै ४३० रन बनाएपछि इनिंग घोषणा गरेको थियो । 

भारतका लागि दोस्रो इनिंगमा यशस्वी जैसवालले अविजित २१४ रन बनाएका छन् । जैसवाल टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने तेस्रो युवा खेलाडी बनेका छन् । उनले २२ बर्ष ४९ दिनमा टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएर यस्तो रेकर्ड बनाएका छन् ।


टेस्ट क्रिकेटमा कम उमेरमा दोहोरो शतक बनाउने किर्तिमान भारतकै विनोद काम्ब्लीको नाममा रहेको छ । उनले २१ बर्ष ५४ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका डन ब्राडम्यानले २१ बर्ष ३१८ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए । 

त्यस्तै आफ्नो डेभ्यु टेस्ट खेलिरहेका शरफराज खानले ६८ रन बनाउदै दुवै इनिंगमा अर्धशतक बनाएका छन् । त्यस्तै भारतका शुभमन गिल ९१ रन बनाएर आउट भएका थिए । यसरी पहिलो इनिंगमा १२६ रनको अग्रताको आधारमा भारतले ५५६ रनको अग्रता लिएको छ । यस अघि भारतले पहिलो इनिंगमा ४४५ र इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’