३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल ‘ए’ टीमको पहिलो जित, क्यानडा २ विकेटले पराजित

८ फाल्गुन २०८०, मंगलवार ११:१९

फागुन ८, काठमाडौं | क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए ।


१४६ रनमा ५ विकेट गुमाएको नेपालका लागि बसिर अहमद र रशिद खानले ७७ रनको साझेदारी गरेका थिए । रशिद खान ४७ रन बनाएर आउट भए हुँदा बसिर खान ५१ रनमा अविजित रहे । बलिङमा क्यानडाका अमर खालिदले २ विकेट लिए ।

यसअघि मुलपानी क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो । क्यानडाका श्रेयास मोभाले ६८, नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए ।

बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २-२, बसिर अहमद र सागर ढकालले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’