लिग-२ क्रिकेट: नामिबियाविरुद्ध ३३.५ ओभरमा नेपालले १५५ रन जोडेर गुमायो ८ विकेट

Posted on: 21 Feb, 2024

फागुन ९, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालले आठौँ विकेट गुमाएको छ । नेपालले एक सय ५५ रन मात्र जोडेको छ ।

नेपालले ३३.५ ओभरमा उक्त रन जोडेको हो । आसिफ शेख ५८, कुशल मल्ल ३६, कुशल भुर्तेल १८ रन जोडेर आउट भए । दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन जोडे । रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!