फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पाँचौँ विकेट गुमाएको छ । १ रन बनाएका दीपेन्द्र सिंह ऐरी रनआउट भएका हुन् ।
नेपालले २८ ओभरमा ५ विकेट गुमाएर ९३ रन बनाएको छ। बास डे लिडेको फलो थ्रुमा नन स्ट्राइकर इन्डमा क्रिज छोडेका दीपेन्द्र रन आउट भएका हुन्। कुशल भुर्तेल ४४ रनमा खेल्दैछन्।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालका आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए।
५४ रनमा ३ विकेट गुमाएको अवस्थामा रोहित र कुशल भुर्तेलबीच ३३ रनको साझेदारी भएको थियो। नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई दुई विकेट लिए।