२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्डको कसिलो बलिङ, पाँच रनमै पेभेलियन फर्किए गुलसन झा

२०८०, १३ फाल्गुन आईतवार ०७:०३

फागुन १३, काठमाडौँ | आईसीसी क्रिकेट विश्व कप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको हो । 

गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका हुन् । आर्यन दत्तले लिएको यो तेस्रो विकेट हो । ४२.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको छ ।


टस जितेर बलिङ रोजेको नेदरल्यान्डका लागि बलरहरुले कसिलो बलिङ गरिरहेका छन्। पहिलो विकेट ४२ रनमा झारेयता नेदरल्यान्डले नेपाली ब्याटरहरुलाई खुलेर ब्याटिङ गर्न दिएका छैनन्।

नेदरल्यान्डका लागि भिभियन किङ्मा र आर्यन दत्तले २–२ विकेट तथा भानडर मेर्वे र बस डिलिडेले १–१ विकेट लिए।

यसअघिको खेलमा नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो भने नामिबियासँग दुवै खेलमा पराजय बेहोरेको छ। जारी त्रिकोणात्मक सिरिजको यो अन्तिम खेलको हो। लिग टुमा नामिबिया ४ मध्ये ३ खेल जित्दै शीर्ष स्थानमा छ भने नेपाल र नेदरल्यान्ड १–१ खेल जितेर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी