फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेपालविरुद्ध एक सय ७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले एक सय रन पूरा गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेदरल्यान्ड्सले २६ ओभरमा २ विकेट गुमाएर एक सय ११५ रन जोडेको छ।
पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो ।
नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिएका छन् ।