२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपालविरुद्ध नामिबियाले पहिले ब्याटिङ गर्ने

२०८०, १५ फाल्गुन मंगलवार ०५:४२

फागुन १५, काठमाडौं | त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्न लागेको हो । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको हो ।

नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स पनि आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा छनोट भएका छन् । त्यसैले मंगलबारदेखि सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाले यी तीनवटै राष्ट्रलाई सहयोग पुग्नेछ ।

त्रिकोणात्मक टी–२० शृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । पहिलो खेल मंगलबार नेपाल र नामिबियाबिच खेलिने छ । खेल विहान ११ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबिच तेस्रो खेल हुनेछ । मार्च १ तारिखमा नेपाल र नामिबियाबिच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ । छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबिच खेलिने छ ।

त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ५ तारिखमा खेलिने क्यानले जनाएको छ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नामिबिया भने विश्वकपको समूह ‘बी’ मा रहेको छ । त्यो समूहमा इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान रहेका छन् ।

त्रिकोणात्मक शृङ्खलाका लागि क्यानले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ । टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, बिवेक यादब, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट