फागुन १६, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । तेस्रो विकेटको रुपमा कुशल मल्लको बलमा स्कट एडवार्ड्स रन आउट भएका हुन्।
यसअघि पनि मल्लले नेपालविरुद्ध अर्धशतक बनाएका माइकल लेभिट आउट भएका छन् । उनलाई मल्लको बलिङमा आसिफ शेखले स्टम्पिङ गरेका हुन् । उनी व्यक्तिगत ५४ रनमा आउट भए ।
करण केसीले खेलको तेस्रो ओभरको पहिलो बलमा म्याक्स ओ डाउडलाई क्याच आउट गराएका थिए।