३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्याण्ड्सविरुद्ध पनि शून्यमै आउट भए कुशल भुर्तेल

१६ फाल्गुन २०८०, बुधबार ०७:५१

फागुन १६, काठमाडौं | त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी चौथो बलमा शून्यमै आउट भए । कुशल अघिल्लो खेलमा नामिबियाविरुद्ध पनि शून्यमै आउट भएका थिए । उनी आज भिभियन किंग्माको बलमा आउट भए । 


त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

उसका लागि माइकल लेविटले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । लेविटको यो डेब्यू खेल हो । यस्तै, साइब्रान्ड एंगलब्रेच्टले अविजित ४९, कप्तान स्कट एडवर्डसले ३३ र तेजा निदामनुरुले ३१ रन जोडे । नेपालका लागि करण केसी र कुशल मल्लले मात्र एक–एक लिन सके । नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो ।  

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज विवेककुमार यादव र अविनाश बोहरालाई विश्राम दिएर तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशीलाई प्लेइङ–११ मा मौका दिएको हो । 

सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग २० रनको हार बेहोरेको थियो । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र प्रतिश जिसी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’