२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्याण्ड्सविरुद्ध पनि शून्यमै आउट भए कुशल भुर्तेल

२०८०, १६ फाल्गुन बुधबार ०७:५१

फागुन १६, काठमाडौं | त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । उनी चौथो बलमा शून्यमै आउट भए । कुशल अघिल्लो खेलमा नामिबियाविरुद्ध पनि शून्यमै आउट भएका थिए । उनी आज भिभियन किंग्माको बलमा आउट भए । 


त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पाहुना टोली नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

उसका लागि माइकल लेविटले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । लेविटको यो डेब्यू खेल हो । यस्तै, साइब्रान्ड एंगलब्रेच्टले अविजित ४९, कप्तान स्कट एडवर्डसले ३३ र तेजा निदामनुरुले ३१ रन जोडे । नेपालका लागि करण केसी र कुशल मल्लले मात्र एक–एक लिन सके । नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो ।  

नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज विवेककुमार यादव र अविनाश बोहरालाई विश्राम दिएर तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशीलाई प्लेइङ–११ मा मौका दिएको हो । 

सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग २० रनको हार बेहोरेको थियो । 

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र प्रतिश जिसी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट