२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानको उत्साहजनक प्रदर्शन : प्रशिक्षक मोन्टी देशाई

२०८०, १६ फाल्गुन बुधबार ११:१६

फागुन १६, काठमाडौं | प्रमुख प्रशिक्षक मोन्टी देशाईले विश्वकपको प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गरेको बताएका छन्।

‘हामीले विश्वकपको प्रतिद्वन्द्वीसँग लक्ष्य पछ्याउँदा जसरी खेल्यौँ त्यो निकै राम्रो छ। दुर्भाग्य हामी २ रनले हार्‍यौँ । तर यति बेला हामी विश्वकपको तयारीमा भएकाले सिकिरहेका छौँ’, उनले भने।

देशाईले प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल लगातार दुई खेलमा शून्यमा आउट भएकोमा उनको बचाउ समेत गरेका छन्।

उनले खेल पत्रकारको जिज्ञासामा प्रति प्रश्न गर्दै भने, ‘दुई खेल अगाडि तीनै खेलाडी हाम्रा लागि लड्दै थिएन हैन ? कुशल क्लास प्लेयर हुन्। वर्ल्ड क्लास प्लेयरहरू पनि सुरुका केही बलमा थुप्रै पटक आउट भएका छन्।’

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाका सुरुका दुवै खेलमा प्रारम्भिक ब्याट्सम्यान कुशल खाता खोल्न असफल भएका हुन्।

दुवै खेलमा नेपाल विशाल लक्ष्य पछ्याउँदै थियो तर कुशल पहिलो ओभरमै आउट भए। प्रशिक्षक मोन्टीले सुरुका केही बल खेल्न हरेक ब्याट्सम्यानलाई गाह्रो हुने संकेत गरेका हुन्।

कुशलले विश्वकप लिग-२ को अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध दुई खेल अघि ६६ रन बनाएका थिए। उनी नेपालका लागि खेलेका पछिल्ला ७ खेलमा तेस्रो पटक शून्यमा आउट भएका हुन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन