३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानको उत्साहजनक प्रदर्शन : प्रशिक्षक मोन्टी देशाई

१६ फाल्गुन २०८०, बुधबार ११:१६

फागुन १६, काठमाडौं | प्रमुख प्रशिक्षक मोन्टी देशाईले विश्वकपको प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याट्सम्यानले उत्साहजनक प्रदर्शन गरेको बताएका छन्।

‘हामीले विश्वकपको प्रतिद्वन्द्वीसँग लक्ष्य पछ्याउँदा जसरी खेल्यौँ त्यो निकै राम्रो छ। दुर्भाग्य हामी २ रनले हार्‍यौँ । तर यति बेला हामी विश्वकपको तयारीमा भएकाले सिकिरहेका छौँ’, उनले भने।

देशाईले प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल लगातार दुई खेलमा शून्यमा आउट भएकोमा उनको बचाउ समेत गरेका छन्।

उनले खेल पत्रकारको जिज्ञासामा प्रति प्रश्न गर्दै भने, ‘दुई खेल अगाडि तीनै खेलाडी हाम्रा लागि लड्दै थिएन हैन ? कुशल क्लास प्लेयर हुन्। वर्ल्ड क्लास प्लेयरहरू पनि सुरुका केही बलमा थुप्रै पटक आउट भएका छन्।’

घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाका सुरुका दुवै खेलमा प्रारम्भिक ब्याट्सम्यान कुशल खाता खोल्न असफल भएका हुन्।

दुवै खेलमा नेपाल विशाल लक्ष्य पछ्याउँदै थियो तर कुशल पहिलो ओभरमै आउट भए। प्रशिक्षक मोन्टीले सुरुका केही बल खेल्न हरेक ब्याट्सम्यानलाई गाह्रो हुने संकेत गरेका हुन्।

कुशलले विश्वकप लिग-२ को अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध दुई खेल अघि ६६ रन बनाएका थिए। उनी नेपालका लागि खेलेका पछिल्ला ७ खेलमा तेस्रो पटक शून्यमा आउट भएका हुन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’