३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतका चार क्रिकेटरको तलब ११ करोड, बाँकी २६ खेलाडीको कति?

१७ फाल्गुन २०८०, बिहीबार ०६:२३

फागुन १७, काठमाडौं | भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। 

गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्‍याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएका छन्। नयाँ सम्झौता अक्टोबरदेखि सुरु भएको थियो। अय्यरले गत वर्ष चार टेस्ट, १२ एकदिवसीय र दुई टी-२० खेलेका थिए। किशनसँग गत वर्ष ग्रेड सी सम्झौता भएको थियो। पछिल्लो सम्झौता अवधिमा उनले दुई टेस्ट, १९ एकदिवसीय र १० टी–२० खेलेका थिए।


बिसिसिआई केन्द्रीय सम्झौता (२०२३-२४) को वार्षिक तलब

ग्रेड ए प्लस (७ करोड भारू, ११.२० करोड नेपाली रूपैयाँ)

रोहित शर्मा

विराट कोहली

जसप्रीत बुमराह

रवीन्द्र जडेजा

ग्रेड ए (५ करोड भारू, ८ करोड नेपाली रुपैयाँ)

रविचन्द्रन अश्विन 

शुभमन गिल

मोहम्मद शमी 

हार्दिक पाण्ड्या

मोहम्मद सिराज

केएल राहुल

ग्रेड बी (३ करोड भारू, ४.८० करोड नेपाली रुपैयाँ)

सूर्यकुमार यादव 

यशस्वी जैसवाल

ऋषभ पन्त

कुलदीप यादव

अक्षर पटेल

ग्रेड सी (१ करोड भारू, १.६० करोड नेपाली रुपैयाँ)

रिन्कू सिंह

तिलक बर्मा

शिवम दुबे

रवि बिश्नोई

मुकेश कुमार

सन्जु सामसन

प्रसिद्ध कृष्णा

आवेश खान

रुतुराज गायकवाड

जितेश शर्मा

अर्शदीप सिंह

रजत पाटीदार

शार्दुल ठाकुर

वाशिन्टन सुन्दर

केएस भरत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’