२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतका चार क्रिकेटरको तलब ११ करोड, बाँकी २६ खेलाडीको कति?

२०८०, १७ फाल्गुन बिहीबार ०६:२३

फागुन १७, काठमाडौं | भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजालाई ए प्लस श्रेणीमा समावेश गर्दै नयाँ वार्षिक केन्द्रीय सम्झौता सार्वजनिक गरेको छ। चारै खेलाडी अघिल्लो वर्ष पनि ए प्लसमै थिए। नयाँ केन्द्रीय सम्झौतामा चार श्रेणीमा कुल ३० खेलाडी समावेश छन्। गत वर्षभन्दा चार खेलाडी थप हुँदा श्रेयस अय्यर र इशान किशन सूचीमा समावेश छैनन्। 

गत नोभेम्बरमा भारतलाई विश्वकपको फाइनलमा पुर्‍याउने प्रमुख खेलाडी मध्येका एक रहेका अय्यरले बोर्डले तोकेको न्यूनतम मापदण्ड पूरा गरे पनि आफ्नो ग्रेड बी सम्झौता गुमाएका छन्। नयाँ सम्झौता अक्टोबरदेखि सुरु भएको थियो। अय्यरले गत वर्ष चार टेस्ट, १२ एकदिवसीय र दुई टी-२० खेलेका थिए। किशनसँग गत वर्ष ग्रेड सी सम्झौता भएको थियो। पछिल्लो सम्झौता अवधिमा उनले दुई टेस्ट, १९ एकदिवसीय र १० टी–२० खेलेका थिए।


बिसिसिआई केन्द्रीय सम्झौता (२०२३-२४) को वार्षिक तलब

ग्रेड ए प्लस (७ करोड भारू, ११.२० करोड नेपाली रूपैयाँ)

रोहित शर्मा

विराट कोहली

जसप्रीत बुमराह

रवीन्द्र जडेजा

ग्रेड ए (५ करोड भारू, ८ करोड नेपाली रुपैयाँ)

रविचन्द्रन अश्विन 

शुभमन गिल

मोहम्मद शमी 

हार्दिक पाण्ड्या

मोहम्मद सिराज

केएल राहुल

ग्रेड बी (३ करोड भारू, ४.८० करोड नेपाली रुपैयाँ)

सूर्यकुमार यादव 

यशस्वी जैसवाल

ऋषभ पन्त

कुलदीप यादव

अक्षर पटेल

ग्रेड सी (१ करोड भारू, १.६० करोड नेपाली रुपैयाँ)

रिन्कू सिंह

तिलक बर्मा

शिवम दुबे

रवि बिश्नोई

मुकेश कुमार

सन्जु सामसन

प्रसिद्ध कृष्णा

आवेश खान

रुतुराज गायकवाड

जितेश शर्मा

अर्शदीप सिंह

रजत पाटीदार

शार्दुल ठाकुर

वाशिन्टन सुन्दर

केएस भरत

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट