फागुन १८, काठमाडौँ | त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले छैंटौ विकेट गुमाएको छ ।
छैंटौ विकेटको रुपमा जान फ्रिलिंक अविनाश बोहोराको बलमा आउट भएका हुन् । हाल नामिबियाले १६.१ ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको छ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।