३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित

१८ फाल्गुन २०८०, शुक्रबार ०९:२७

फागुन १८, काठमाडौँ  | नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ ।

नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक थियो । करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रनको रोमाञ्चक जित दिलाएका हुन् ।

नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ र जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन २३ रनमा अविजित रहे ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए । करण केसी र अभिनास बोहराले एकएक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५५ रन बनाए । मल्लले आरिफ शेखसँग मिलेर पाचौं विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रन बनाएर आउट भएका हुन् ।

यसअघि गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका हुन् ।

बलिङमा नामिबियाका बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एकएक विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’