२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नामिबियामाथि रोमाञ्चक जितसँगै नेपालको फाइनल प्रवेश सम्भावना जिवितै

२०८०, १८ फाल्गुन शुक्रबार ०९:५२

फागुन १८, काठमाडौँ  | त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एकसय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।


जारी शृंखलामा नेपाल र नामिबिया दुबैले आफ्नो तेस्रो खेल खेलेका हुन् । नेपाल यसअघि आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले भने तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नामिबिया आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

शृंखलामा तेस्रो टोलीको रुपमा सहभागी नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो ।  त्यसैले नेपालले जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जिवित राख्न शुक्रबारको खेलमा नामिबियालाई हराउनैपर्ने अवस्था थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।

प्रतियोगिताको लिग चरणमा तीनवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । जारी शृंखलामा नेपालले आफ्नो अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नेदरल्यान्ड्स र नामिबियाबिच खेल हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने मंगलबार खेलिने छ । निकट भविष्यमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी