३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नामिबियामाथि रोमाञ्चक जितसँगै नेपालको फाइनल प्रवेश सम्भावना जिवितै

१८ फाल्गुन २०८०, शुक्रबार ०९:५२

फागुन १८, काठमाडौँ  | त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एकसय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ रनमात्र बनाउन सक्यो ।


जारी शृंखलामा नेपाल र नामिबिया दुबैले आफ्नो तेस्रो खेल खेलेका हुन् । नेपाल यसअघि आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो । नामिबियाले भने तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नामिबिया आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

शृंखलामा तेस्रो टोलीको रुपमा सहभागी नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ । नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो ।  त्यसैले नेपालले जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जिवित राख्न शुक्रबारको खेलमा नामिबियालाई हराउनैपर्ने अवस्था थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंकसहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।

प्रतियोगिताको लिग चरणमा तीनवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । जारी शृंखलामा नेपालले आफ्नो अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नेदरल्यान्ड्स र नामिबियाबिच खेल हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने मंगलबार खेलिने छ । निकट भविष्यमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’