३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलको लागि खराब रहेको एएफसीकाे ठहर, नेपाल र बहराइनको छनोट खेल अब नेपालमा नहुने

१८ फाल्गुन २०८०, शुक्रबार १०:३६

फागुन १८, काठमाडौँ  | अन्तर्राष्ट्रिय फुटबलको लागि फिफाले अनुमति दिएको नेपालको एकमात्र रंगशालाको अवस्था खराब रहेको भन्दै नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल अब नेपालमा नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि दशरथ रंगशाला उपयुक्त नभएको पत्र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पठापछि एन्फाले एक स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता नेपालमा नहुने जनाएको हो ।

एएफसीले चैत्र ८ मा नेपालको दशरथ रंगशाला तथा १३ गते बहराइनमा खेल हुने तालिका सार्वजनिक गरेको थियो ।

अब खेल न्युट्रल भेन्युमा हुने एन्फाले जनाएको छ । एएफसीले एकजना आफ्नो प्रतिनिधीलाइ रंगशालाको निरीक्षण गर्न लगाएको थियो । एएफसीको तर्फबाट रंगशाला निरिक्षणको लागि आएका मिन्दु दोर्जेले सोमबार रंगशालाको निरीक्षण गरेका थिए ।

रंगशाला निरिक्षण गर्दा खुसी नदेखिएका दोर्जेले अन्तर्राष्ट्रिय फुटबलको लागि हालको अवस्थामा दशरथ रंगशाला उपयुक्त नभएको जानकारी सहितको प्रतिवेदन एएफसीलाई बुझाएको थियो ।

घरेलु मैदानको खेल अब न्युट्रल भेन्युमा हुने भएपछि नेपाललाइ घरेलु दर्शकको साथ नहुने देखिएको छ । एन्फाले नेपाली फ्यानहरुलाइ दु:खको साथ यो खबर बताउनु परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’