२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज

२०८०, २६ फाल्गुन शनिबार ०२:४४

फागुन २६, भक्तपुर | भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डशिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन्। सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रडर्सलाई हराई सामाजिक युथ क्लव फाइनलमा प्रवेश गर्न सफल भएको हुन्। 

प्रतियोगिताको फाइनल खेल शनिबार विहानको ११ बजे हुने जनाइएको छ। प्रतियोगिताको पहिलो हुन सफल टिमलाई नगद एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइको छ। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ।

पाण्डुबजार र झोखेल युनाइटेडबीच भएको पहिलो खेलमा पाण्डुबजारले झौखेललाई २-० गोल गरी पाण्डुबजारले फाइनलको लागि यात्रा तय गरेका थियो। दोश्रो सामाजिक युथ क्लव र वी आर व्रडर्समा १-० ले सामाजिक युथ क्लवले फाइलय प्रवेश पाएको हो। 

प्रतियोगिताको पहिलो खेलमा उदयीमान खेलाडीका रूपमा पाण्डुबजारका सुसान श्रेष्ठ घोषित भए। म्यान अफ दी म्याचमा पाण्डुबजारकै इब्राहिम फोफोन घोषित भए। दोश्रो खेलमा उदयीमान खेलाडीमा वी आर ब्रडर्सका संयोग लिम्वू घोषित भए भने म्यान अफ दी म्याचमा सामाजिक युथ क्लवका ओसन राई घोषित भए। 

प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद दुई हजार तथा उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो। 

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो। त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी रहेका थिए।

अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता नरेहेको बताए। मध्यपुर थिमिमा वडा लिग भइरहेकोले त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ। प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ।

प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। पुरस्कार वितरण भने संघीय सांसद प्रेम सुवालले गर्ने कार्यक्रम तय गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट