३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज

२६ फाल्गुन २०८०, शनिबार ०२:४४

फागुन २६, भक्तपुर | भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डशिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन्। सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रडर्सलाई हराई सामाजिक युथ क्लव फाइनलमा प्रवेश गर्न सफल भएको हुन्। 

प्रतियोगिताको फाइनल खेल शनिबार विहानको ११ बजे हुने जनाइएको छ। प्रतियोगिताको पहिलो हुन सफल टिमलाई नगद एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइको छ। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ।

पाण्डुबजार र झोखेल युनाइटेडबीच भएको पहिलो खेलमा पाण्डुबजारले झौखेललाई २-० गोल गरी पाण्डुबजारले फाइनलको लागि यात्रा तय गरेका थियो। दोश्रो सामाजिक युथ क्लव र वी आर व्रडर्समा १-० ले सामाजिक युथ क्लवले फाइलय प्रवेश पाएको हो। 

प्रतियोगिताको पहिलो खेलमा उदयीमान खेलाडीका रूपमा पाण्डुबजारका सुसान श्रेष्ठ घोषित भए। म्यान अफ दी म्याचमा पाण्डुबजारकै इब्राहिम फोफोन घोषित भए। दोश्रो खेलमा उदयीमान खेलाडीमा वी आर ब्रडर्सका संयोग लिम्वू घोषित भए भने म्यान अफ दी म्याचमा सामाजिक युथ क्लवका ओसन राई घोषित भए। 

प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद दुई हजार तथा उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो। 

प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो। त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए। भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी रहेका थिए।

अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता नरेहेको बताए। मध्यपुर थिमिमा वडा लिग भइरहेकोले त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ। प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ।

प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए। पुरस्कार वितरण भने संघीय सांसद प्रेम सुवालले गर्ने कार्यक्रम तय गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’