२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लिजेन्ड्स १९९६ लाई हराउँदै टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनलमा

२०८०, २८ फाल्गुन सोमबार ०८:०१

फागुन २८, काठमाडौँ | लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

लिजेन्ड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछ्याएको टी-२० विश्वकप टोलीले ९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्दै फाइनल यात्रा तय गरेको हो ।


विरेन्द्र शाहले सर्वाधिक ३५ रन जोडे। कप्तान पारस खड्का ६, ममता थापा ०, दीपेन लम्गेड ९, प्रफुल्ल वैद्य र स्यामसुङ जुङ थापा शून्य रनमा आउट भए । शक्ति गौचन ६ र शरद भेषावकर ६ रनमा अविजित रहे ।

बलिङमा लिजेन्ड्स १९९६ का बसन्त शाही ठकुरीले ३ र कप्तान लेखबहादुर क्षेत्री र किरण रानाले एक विकेट लिए ।

यसअघि रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको लिजेन्ड्स १९९६ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ६७ रन बनाएको थियो ।

लिजेन्ड्स १९९६ का लागि राजु खड्काले सर्वाधिक २७ रन जोडेका थिए । मनिषराज पाण्डे ११, जगत टमाटा ९, कप्तान लेखबहादुर क्षेत्री ४, पुकार पन्त २, निरा रजोपध्याय १, सन्जय गुरुङ ३, पवन अग्रवाल र मुश्राफ शुन्य रनमा आउट भए ।

बलिङमा टी-२० विश्वकप खेलेको टोलीका शक्ति गौचन र स्यामसुङ जुङ थापाले २-२, बद्री पङ्गेनी, दीपेन लम्गेड र ममता क्षेत्रीले १-१ विकेट लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति