३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वको एउटा यस्तो राष्ट्रिय फुटबल टिम, जसले २०१ खेल मध्ये १९२ वटामा पराजित छ

६ चैत्र २०८०, मंगलवार ०६:२१

चैत ६,  लन्डन | विश्वमा एउटा यस्तो फुटबल राष्ट्रिय टिम छ, जसले लगभग सबै खेलमा पराजय भोग्नु परेको छ ।

सान मारिनो एउटा यस्तो देश हो, जसले सबैजसो अन्तराष्ट्रिय खेलहरूमा पराजय भोगेको छ । कतिसम्म भने एउटा देशसँग उसको पराजय ११–० गोल अन्तरको पनि थियो । 

सान मारिनोका कप्तान म्याटियो भिटायोली, देशको इतिहासमा सबैभन्दा बढी खेल्ने खेलाडी हुन, जसले अहिले आफ्नो राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेको १७ वर्ष पुगेको छ । उनलाइ अझै पनि लाग्छ, देशका लागि कुनै न कुनै खेल जिताउन बाँकी नै छ ।


झन्डै दुई दशकमा उनले खेलेका १३६ खेलमा पराजय भएका छन्, जो सबैलाइ अनौठो लाग्छ । संसारको पाँचौं सबैभन्दा सानो देश सान मारिनोले उनको टोलीको नेतृत्वको इतिहासमा एक मात्र जीत रेकर्ड छ ।

‘सबैभन्दा नराम्रो सम्झना भनेको सन् २०११ मा नेदरल्यान्ड्ससँगको खेल थियो, जुन खेलमा ११–० ले पराजित हुन पुगियो,’ कप्तान भिटाइओलीले बीबीसी स्पोर्टलाई भने, ‘यो पहिले नै थियो,मलाई अझै सम्झन्छु कि समर्थकहरू नेदरल्याण्ड्सले थप गोल गरेको हेर्नका लागि हर्षोल्लास गरिरहेका थिए।’

इटालीले घेरिएको र दर्शनीय माउन्ट टिटानोले बेवास्ता गरेको सान मारिनोको जनसंख्या मात्र ३३ हजार छ र मात्र ६१ वर्ग किलोमिटर मात्रै यसको भुमी रहेको छ । यो म्यानचेस्टर शहर भन्दा लगभग आधा आकारको सानो देश हो ।

फिफाको वरीयता अनुसार यो विश्वको सबैभन्दा खराब राष्ट्रिय फुटबल टोली हो, जसले २०१ खेलहरू मध्ये १९२ खेलमा नमज्जाको पराजय भोग्नु परेको छ ।

तर भिटाइओली र उनका टोलीका साथीहरूले यस हप्ता आफ्नो देशको लागि नयाँ अध्याय लेख्ने मौका पाएका छन् । २१० औं स्थानको सान मारिनो माथि ६१ औं स्थानको  सेन्ट किट्स र नेभिस ( क्यारेबियन राष्ट्र)सँग मैत्रीपुर्ण खेल खेल्दैछ । कप्तान यस मैत्रीपुर्ण खेलमा जीत हासिल गर्ने महत्वका साथ आफना खेलाडीलाइ मैदानमा उतारिरहेका छन् ।

सेप्टेम्बर २०१५ मा युरो २०१६ को छनोटका लागि लिथुआनिया विरुद्ध सान मारिनोको लागि माटियो भिटायोलीले एक मात्र गोल गरेका थियो, त्यो एक गोल पनि उनले नेतृत्व गरेको १४ वर्ष पछि गरेका थियो, यो नै उनका लागि पहिलो र अन्तिम अन्तराष्ट्रिय गोल हुन पुगेको थियो । र, यो देशका लागि पनि हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’