२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आजदेखि आईपीएल सुरु, पहिलो खेल चेन्नई र बैंगलुरुबीच हुने

२०८०, ९ चैत्र शुक्रबार ०३:५२

चैत ९, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ। आज हुने पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेन्चजर्स बैङ्गलोरबीच हुनेछ।

चेन्नई र बैङ्गलोरबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम् स्टेडियममा नेपाली समय अनुसार राति ८:१५ बजेबाट सुरु हुनेछ। यसपटक चेन्नई भने महेन्द्रसिंह धोनीको कप्तानी बिनै मैदान उत्रदै छ। चेन्नईको कप्तानी गर्दै पाँच पटक उपाधि दिलाएका धोनीले यस सिजनमा भने कप्तानी नगर्ने भएका छन्। उनको स्थानमा चेन्नईको नयाँ कप्तानमा ऋतुराज गायक्वाडलाई नियुक्त गरिएको छ।

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबादको सहभागिता रहनेछ।  

आईपीएलले पहिलो चरणमा १८ दिनको खेल तालिका मात्रै सार्वजनिक गरेको छ। भारतमा हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राखेर आईपीएलले अप्रिल ७ सम्म हुने खेलको तालिका मात्रै सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी